मन्दीले माग ह्वात्तै घट्दा माेटरसाइकल र कारकाे आयात खुम्चियाे, निर्जीवन बीमा प्रभावित

0 12

१६ असोज, काठमाडौं । सवारी साधनकाे मूख्य माग हुने चाडपर्वकाे सिजनमै माग नहुने देखिएपछि आयातकर्ताले सिमित स‌ंख्यामा मात्र सवारीसाधन आयात गरेका छन् । सर्वसाधारणसँग विलासिताका सामान किन्ने क्षमता खस्किंदै जाँदा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनकाे माग पनि खुम्चिने पूर्वानुमानका बीच आयातकर्ताले सिमित स‌ंख्यामा मात्र सवारी साधन भित्र्याएका हुन् ।

सवारी साधन सर्वाधिक भित्रिने मूख्य नाका वीरग‌ंज भन्सार कार्यालयले सार्वजनिक गरेकाे चालू आर्थिक वर्षकाे पहिलाे दुई महिनाकाे तथ्या‌ंकले दुई पाङ्ग्रे माेटरसाइकलकाे आयात ९३ प्रतिशतले खस्किएकाे देखाएकाे छ।पेट्राेलियम इन्धनबाट चल्ने चारपाङ्ग्रे कार र जीपकाे आयातमा १५ प्रतिशतले गिरावट आएकाे छ। बिजुलीबाट चल्ने जीप कारकाे आयात पनि १२ प्रतिशतले खुम्चिएकाे छ। नेपालमै माेटरसाइकल तयार पार्नका लागि आयात गरिने पार्टपूर्जाकाे आयात पनि २३ प्रतिशतले खस्किएकाे छ।

भारतबाट माेटरसाइकलकाे बडी देखि पार्टपूर्जा ल्याएर जाेडजाड गर्दै माेटरसाइकल उत्पादन गर्ने उद्याेगकाे स‌ंख्या बढ्दै जाँदा उत्पादनका लागि आवश्यक पर्ने अनएसेम्बल्ड(जडान नगरिएकाे) माेटरसाइकल चालू आव २०८०/८१ मा भदाैमसान्तसम्म ६ हजार ३९४ थान मात्र भित्रिएकाे छ। गत आवकाे साेही अवधिमा कूल ८ हजार ३०७ थान अन एसेम्बल्ड माेटरसाइकल याे नाकाबाट आयात भएकाे थियाे । तयारी माेटरसाइकलकाे आयात पनि याे अवधिमा ४९३८ बाट ३९८ मा सिमित हुन पुगेकाे छ।

माेटरसाइकल पार्ट्सकाे आयात भने ६७.६७ प्रतिशतले उल्लेख्य वृद्धि भएकाे छ। २८ लाख ८ हजार ४७१ थान पार्टस भित्र्याएकाेमा चालू आवमा भदाैसम्म ४७ लाख ८ हजार ८८७ थान पार्टस स्थानीय उद्याेगी र व्यापारीले भित्र्याएका छन् । स्मरण रहाेस् , हालै सार्वजनिक भएकाे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन भित्रिएकाे प्रकरणमा तस्करले माेटरसाइकल पार्टसकै आवरणमा सुन भित्र्याएका थिए ।

सबैभन्दा महँगाे मूल्यकाे सवारी साधन मानिने जीपकारकाे आयात गत आवकाे भदाैसम्ममा ३१२ थान भित्रिएकाेमा यस वर्ष साे अवधिमा २६५ थान मात्र आयात भएकाे छ। गत आवमा ४३ कराेड ८७ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरकाे जीपकार आयात भएकाे थियाे । यसवर्ष जम्मा ४२ कराेड ३१ लाख ८९ हजार रुपैयाँ मूल्यकाे जीपकार आयात भएकाे थियाे ।

बिजुलीबाट चल्ने जीपकारकाे आयात गत वर्षकाे ६६ थानबाट समीक्षा अवधिमा ५८ वटामा सीमित हुन पुगेकाे छ। गत आव २०७९/८० मा भदाैसम्ममा कूल २५ कराेड ३३ लाख ९४ हजार मूल्य बराबरकाे बिद्युतीय जीपकारभ्यान आयात भएकाे थियाे । यसवर्ष साेही अवधिमा जम्मा १३ कराेड २५ लाख ५५ हजार रुपैयाँ मूल्य बराबरकाे विद्युतीय कारकाे आयात भएकाे छ।

माेटरकाे आयात घट्दा निर्जीवन बीमामा असरः
सवारी साधनकाे बीमाबाट निर्जीवन बीमा व्यवसायकाे २८ प्रतिशत हिस्सा ओगटेकाले यसवर्ष निर्जीवन बीमकलाई व्यापार बढाउने भन्दा पनि पाेहाेरकै अवस्थामा व्यापार टिकाउन पनि हम्मेहम्मे पर्ने भएकाे छ। तेश्राे पक्ष अनिवार्य बीमाका कारण भित्रिएका सवारी साधनहरु जति सबैकाे बीमा हुने गरेकाे छ। तर गत आवकाे तुलनामा थाेरै स‌ंख्यामा सवारीसाधन भित्रिए पछि निर्जीवन बीमककाे माेटरबीमावापतकाे बीमाशुल्क आम्दानीमा नकारात्मक प्रभाव पार्नेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.