सप्तरीबाट १ सय वटा वाकिटकी बरामद

0 15

१४ असाेज, काठमाडौं । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका- २ मोहनपुरबाट आइतबार करिब ८ लाख रुपैयाँ बराबरको चोरी पैठारीको वाकीटकी बरामद भएको छ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको १ सय वटा पोर्टेबल वाकिटकी ह्यान्ड सेट सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो। उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए।

विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको सशस्त्र प्रहरी बलका सह प्रबक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

यसैगरी सप्तरीकै बलानविहुल गाउँपालिका- ४ बेल्ही स्थित सीमा क्षेत्रबाट करिब २ लाख २५ हजार रुपैयाँ बरारको चोरी पैठारीको एक थान प्रिन्टर मेसिन र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको प्रिन्टर मेसिन सहितको मोटरसाइकल बीओपी बेल्हीले नियन्त्रणमा लिएको हो।

बरामद रेडियो सेट, प्रिन्टर मेसिन र मोटरसाइकल आवश्यक कारबाहीकोलागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको डीएसपी थापाले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.