असोजभित्र वार्षिक नवीकरण शुल्क नबुझाउने सूचीकृत कम्पनीको सेयर सूचीकरण स्थागन हुने

0 23

०९ असाेज, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तभित्र धितोपत्रको वार्षिक नवीकरण शुल्क भुक्तानी गर्न सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ ।

मंगलबार सूचना जारी गर्दै नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ ‘क’ र ‘ख’ मा भएको व्यवस्था बमोजिम सूचीकृत कम्पनीहरुलाई समयमा नै वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

चालु आर्थिक वर्ष २०८०–८१ को प्रथम त्रैमास अर्थात असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क भुक्तानी नगर्ने सूचीकृत कम्पनीहरुको कार्तिक १ गतेदेखि धितोपत्र सूचीकरण स्थगन हुने नेप्सेले जनाएको छ । असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क नबुझाउने सूचीकृत कम्पनीहरुको धितोपत्र सूचीकरण विनियामावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्ने चेतावनी नेप्सेले दिएको हो ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी हुनेले वार्षिक ५० हजार रुपैयाँ तथा पचास करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजी हुने सूचीकृत कम्पनीहरुले नवीकरण शुल्क वापत वार्षिक १ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यस्तै, डिवेन्चर वा म्युचुअल फन्डको वार्षिक नवीकरण शुल्क वापत ५० करोड रुपैयाँसम्मको चुक्ता पुँजी हुनेले २५ हजार र ५० करोड रुपैयाँ धेरै हुनेले ५० हजार रुपैयाँ वार्षिक शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

नेप्सेले तोकिएका समयमा नवीकरण शुल्क नबुझाउने कम्पनीलाई नेप्सेले १० प्रतिशतका दरले जरिवाना गर्ने तथा धितोपत्र सूचीकरण विनियामावली, २०७५ को विनियम १६ अनुसार सूचीकरण स्थगन गर्नसक्ने कानुनी व्यवस्था छ ।

वार्षिक शुल्क नेप्सेको नाममा ग्लोबल आइएमई बैंक कमलादी शाखामा रहेको खाता नम्बर ७५०१०१००००७७५ मा जम्मा गरी बैंक भौचर नेप्सको इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.