भारतका विक्रम र प्रज्ञान चन्द्रमामा सुतेको सुत्यै

0 46

०९ असोज, काठमाडौं । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका वैज्ञानिकहरूले प्रज्ञान रोभर र विक्रम ल्यान्डरसँग सम्पर्क बनाउने प्रयास भए पनि कुनै पनि संकेत प्राप्त नभएको बताएका छन् ।

चन्द्रयानमार्फत गएका विक्रम र प्रज्ञानले १४ दिनसम्म चन्द्रमाबाट विभिन्न डाटा संकलन गरेर पृथ्वीमा पठाएका थिए ।

त्यसपछि भारतीय वैज्ञानिकहरुले चन्द्रमामा घाम अस्ताउन थालेकाले ४ सेप्टेम्बरमा प्रज्ञान र विक्रमलाई स्लिप मोडमा राखेका थिए । चन्द्रमामा १४ दिन लामो रात र १४ दिन लामो दिन हुन्छ । त्यसैले सौर्य शक्तिबाट चल्ने यी उपकरण सूर्यको प्रकाशबिना चल्न नसक्ने भएकाले १५–१६ दिनका लागि स्लिप मोडमा राख्नु परेको थियो ।

जस अनुसार चन्द्रमामा घाम उदायपछि २२ सेप्टेम्बरमा उनीहरुले विक्रम र प्रज्ञानलाई सक्रिय गराउने योजना बनाएका थिए ।

तर त्यो दिन असफल भएपछि उनीहरुले २३ सेप्टेम्बरमा त्यो प्रयास गरे । तर सफलता प्राप्त भएन ।

चन्द्रमामा अझै केही दिन घाम लागि रहने भएकाले घाम रहुञ्जेल सम्पर्क गर्ने प्रयास जारी राख्ने इसरोको योजना छ । तर इसरोका प्रमुख एएस किरणकुमारले प्रज्ञान र विक्रम पुन सक्रिय हुने संभावना सकिँदै गएको बताएका छन् ।

चन्द्रमाको दक्षिणी ध्रुव जहाँ प्रज्ञान र विक्रम छन्, त्यो ठाउँमा रातको समयमा तापक्रम माइनस १३० डिग्रीसम्म चिसो हुन्छ ।अमेरिकी अन्तरिक्ष एजेन्सीे नासाका अनुसार त्यहाँका कुनै कुनै ठाउँमा त तापक्रम माइनस २५३ डिग्रीसम्म पुग्छ ।

चन्द्रमाको त्यो चिसोका कारण विक्रम र प्रज्ञानका कुनै उपकरणमा क्षति पुगेकाले सम्पर्क नभएको हुन सक्ने उनी बताउँछन् ।

विक्रम र प्रज्ञान फेरि सक्रिय भए उनीहरले पहिलाको जस्तै चन्द्रमाका बारेमा थप जानकारी पठाउने छन् । तर सक्रिय भएनन् भने यिनीहरु भारतको दूतका रुपमा चन्द्रमामै बस्ने इसरोले बताएको छ ।

पृथ्वीमा फिर्ता ल्याउन महँगो

प्रज्ञान र विक्रम जस्ता उपकरणको काम चन्द्रमाको जानकारी संकलन गर्नु र त्यसलाई पठाउनु हो । चन्द्रमामा यसअघि जति पनि देशले यान पठाएका छन् ।

उनीहरुले यस्ता उपकरण फिर्ता ल्याएका छैनन् । फिर्ता नल्याउनुको कारण हो यसमा लाग्ने खर्च ।

वैज्ञानिकहरुका अनुसार यसलाई पठाउन जति खर्च लाग्छ फिर्ता ल्याउन पनि त्यत्तिनै थप खर्च गर्नु पर्ने हुन्छ । उपकरण फिर्ता गर्न लाग्ने खर्चले अर्को अन्तरिक्ष मिसन चलाउन सकिन्छ ।

पृथ्वीमा फिर्ता नहुने भएपछि यस्ता उपकरण चन्द्रमामा नै रहन्छन् र त्यसबाट कुनै काम पनि लिन सकिँदैन । यस्ता उपकरणमा कुनै पनि डाटा भण्डारण नहुने भएकाले पछि अर्को देशले फेला पारे पनि उपयोगी हुँदैन ।
एजेन्सीको सहयोगमा



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.