नागरिकका आधारभुत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो छ: मन्त्री भण्डारी

0 22

०९आसोज, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभुत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहको बताएका छन् ।

मंगलबार खानेपानी मन्त्रालयले काठमाडौंमा आयोजना गरेको खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी सम्मेलनमा बोल्दै कार्यवाहक खानेपानीमन्त्री समेत रहेका भण्डारीले सरकार, निजी क्षेत्र र दातृ निकाय तथा समूदायको सामूहिक प्रयासबाट नै खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सकिने बताएका हुन् ।

संविधानमा उल्लेख स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको उनको भनाइ छ । मन्त्री भण्डारीले अहिले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेपनि सचेतनाको अभावमा केही क्षेत्रमा कार्यान्वयनमा कमी देखिएकाले स्थानीय संघसंस्थाहरुले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको उक्त विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामुलक समाज निर्माणमा सहयोग पुग्ने जिकिर गरे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.