बझाङमा अशक्त महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

0 12

०८ असोज, धनगढी । बझाङमा अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका छन् ।

हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले जानकारी दिए ।

जबरजस्ती करणी गरी फरार भएका बालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको टोलीले बालुवाटार भन्ने ठाउँबाट नियन्त्रणमा लिएको उनले बताए ।

डीएसपी शाहकाअनुसार पीडित महिलाकी हजुरआमाले करणी गरेको थाहा पाएपछि स्थानीयलाई घटनाबारे बताएकी थिइन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.