Advertisement

शाओमीको नेपालमा पाँच वर्ष पूरा

0 103

Advertisement

०८ असोज, काठमाडौं । शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५ वर्ष सफलतापूर्वक पूरा गरेको छ । सो अवसरमा कम्पनीले नेपाली ग्राहक वर्गलाई इनोभेसन, गुणस्तर र किफायती स्मार्टफोन उपलब्ध गराउने ब्राण्डले प्रतिबद्धता जनाएको छ ।

कम्पनीका अनुसार सन् २०१८ मा लन्च भएदेखि नै शाओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्राण्डमध्ये एक बन्न सफल भएको छ । कम्पनीको सफलताको श्रेय उसको इन्नोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्मार्टफोन उपलब्ध गराउने प्रतिबद्धतामा समर्पित छ ।

साथै नेपालमा आफ्ना उत्पादन अफरिङ तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । विगत वर्षहरू जस्तै शाओमी नेपालले ग्राहक वर्गको चाडपर्वलाई थप विशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलमा दुई हजार रुपैयाँसम्मको आकर्षक छुट प्रदान गरिरहेको छ ।

‘चाडपर्वको मुड, अफर टु गुड’ अफरअन्तर्गत शाओमी फ्यानबेसका लागि खुसी फैलाउन उक्त अफर घोषणा गरिएको कम्पनीले जनाएको छ । सो अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘हामी नेपालमा हाम्रो पाँचौँ वार्षिकोत्सव मनाउन पाउँदा धेरै खुसी छौँ ।

यस सुन्दर देशमा शाओमीको यात्रा उल्लेखनीय रहृयो र हामी ग्राहकवर्ग तथा पार्टनरको विश्वास र समर्थनप्रति आभारी छौैँ । हामी आशा गर्दछौँ कि यो सपोर्ट भविष्यमा पनि जारी रहनेछ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.