दिपु मिश्र
०४ असाेज, रौतहट । जिल्ला प्रशासन कार्यालय गौरमा परेको ठगी उजुरी प्रमाणीत गर्न ईन्जिनियर धिरेन्द्र झाले चुनौती र चोतावनी दिनुभएको छ ।
करोडौं रकम ऋण सापटी दिएको भन्दै रौतहटका विभिन्न बैंकमा ऋणको ब्याज र सावाँ नतिर्नेहरुको समुहले बैंकसम्वद्ध कर्मचारीलाई झुठो आरोप लगाउँदै प्रशासनमा दिएको प्रमाणीत गर्न ईन्जिनियर झाले चुनौती र चोतावनी दिनुभएको हो । बुधवार रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा ईन्जिनियर झाले आफुहरु विरुद्ध जिप्रका,गौरमा परेको ठगी उजुरी प्रमाणित गर्न चुनौती दिँदै जग्गा जमिन कारोबारी र ब्यापारका नाँउमा ठग्न पल्केका केही व्यवसायीले षड्यन्त्र गरेको दाबी गर्नुभयो ।
बैंकबाट ऋण लिएर समयमा साँवा र ब्याज नतिरेपछि बैंकको लिलाम प्रकृया र कालोसुचिमा रहेका ब्यक्तिहरुले एनआइसी बैंकका मुल्याँकनकर्ता ईन्जिनियर धिरेन्द्र झासहित सो बैंकका गरुडा शाखा प्रवन्धक अमोद गुप्तालाई पैसा लिएर फिर्ता नगरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दिएको जनाइएको हो ।
गत सोमबार ऋण दिलाएर सापटी रकम भन्दै माग गरेर विभिन्न ब्यक्तिसंग करोडौं रकम ठगी गरेको भन्दै जिल्लाको चन्द्रपुर नगरपालिका वडानम्वर १० का विश्वनाथ साह तेली,दुर्गाभगवती गाउँपालिका वडानम्वर एकका अशोककुमार साह र कटहरिया नगरपालिका वडानम्वर चारका मनोज गिरीले सापटी भन्दै दिएको रकम असुलउपर गरि कारवाही गर्न भनी जिल्ला प्रशासन कार्यालय,रौतहटमा उजुरी दिएका हुन । जाहेरीमा बैंकका मुल्याकंनकर्ता ईन्जिनियर झा र बैंकका शाखा प्रवन्धक गुप्तालाई विपक्षी बनाएर पैसा असुल उपर गर्नुपर्ने उल्लेख गरिएको छ ।
हामीलाई बदनाम गर्ने र दुख दिने उद्देश्यले बैंक र ब्यापारीका बीचका बिचौलियाहरुले उजुरी दिन लगाएको र बैंकसंग लिएको आफ्नो ऋणको ब्याज र सावाँ नतिर्नेहरुले हल्ला मच्चाएको झाको आरोप छ ।
उजुरीका सम्वन्धमा सत्यतथ्य देखापर्ने र आफुहरुमाथि लगाइएको आरोप प्रमाणित नहुने दाबी गर्दे ईन्जिनीयर धिरेन्द्र झाले ठगी सम्वन्धि उजुरी प्रमाणित भए कानुनी सजाय भोग्न तयार रहेको जनाउनुभयो ।
करोडौं रकम ठगी गरेको आरोप लगाउँदै उजुरी दिने बैंकका ऋणीहरुमध्ये आफुले कसैको पनि धितो मुल्याँकन नगरेको जनाउँदै ईन्जिनियर झाले आफु बिरुद्ध बदनियतपुर्वक मुद्धा दर्ता गरिएको बताउनुभयो । ऋण लिने र दिने बैंक र ग्राहकको कुरा रहेको चर्चा गर्नुहुँदै झाले शाखा प्रवन्धकलाई हस्ताक्षर सहितको खाली चेक दिएको भन्ने कुरामा आफ्नो कुनै र कतै संलग्नता नरहेको र संलग्नता भए गरेको भए प्रमाण जुटाउन चेतावनी दिनुभयो ।
बैंक स्टेटमेन्टलगाएत कस्लाई पैसा दिएको हो भन्ने कुरा अनुसन्धान पछि थाहा हुने बताउनुहुँदै संचारकर्मीलेसमेत यस विषयमा गहिरो अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । झाले आफ्नो चरित्रहत्या र मानहानी हुन पुगेकोले चाँडैनै आफु मानहानीको मुद्धा लिएर अदालत जाने बताउनुभयो ।
एनआईसी एसिया बैंक, गरुडा शाखाबाट अशोक कुमार साहले २०७९ माघ महिनामा एग्रिकल्चर प्रा.लीको नामबाट चार करोड ७५ लाख ऋण र बिश्वनाथ साह तेलीले सोही शाखाबाट तीन करोड २० लाख रुपैंया ऋण लिनुभएको थियो ।
बैकको व्याज र किस्ता तिर्न नसक्दा सम्पति लिलामी हुने अवस्थामा पुगेको रिसको झोकमा पुर्वाग्रह राखेर प्रशासनमा उजुरी दिएको उल्लेख गर्नुहुँदै झाले बैंकबाट लिएको ऋणबाट ८५ लाख र ७० लाख रुपैयाँ बैंकका प्रवन्धक र ईन्जिनियर झालाई सापटी दिएको भन्ने कुरा सरासर झुठो रहेको बताउनुभयो ।
आफुहरुले विश्वासका आधारमा खाली चेकमा सहि गरेर दिएको रकम अहिलेसम्म नपाएपछि प्रशासनमा उजुरी दिन गएको उजुरीकर्तामध्येका अशोककुमार साहले बताउनुभयो ।
सापटी पैसा असुल उपर गर्न भनी संयुक्त रुपमा साहद्धयको निवेदन उपर आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय,रौतहट गौरका प्रहरी प्रमुख महेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी,झुठो उजुरी दिने चलन बढेसँगै रौतहटमा ठगी धन्दा गर्नेहरु सक्रृय हुन थालेका छन् । पहिला ऋण लिने र पछि तिर्न नपरोस भन्दै विभिन्न बहाना खोज्दै यस्ता ठगहरु ठगहरुको संजाल बनाउन लागिपरेका छन् । यसरी लागि पर्नेमा एक हुन, वृन्दावन नगरपालिका वडा नम्बर ६ निवासी वासुदेव राउतको ४१ बर्षिय छोरा प्रमोद कुमार राउत । राउतले ईन्जिीनियर झाको बिरुद्धमा उजुरी परेसँगै बैंकको कालोसुचिमा रहेका अशोककुमार साह,विश्वनाथ साह तेली र मनोज गिरीसंग जोडिन पुगेका हुन । राउतले रौतहटका विभिन्न ब्यक्तिसंग लाखौं रुपमा पैसा सापटी स्वरुपमा स्थानीय गाउँघरको ब्याजमा चलाउने गर्दै आएका थिए । पैसा तिर्नुेपर्नेहरुलाई उजुरी परेपछि राउतले पैसा फिर्ता दिन नपरोस भन्दै उजुरीकर्ता खोज्दै जोडिन पुगेका छन् ।
राउतले विभिन्न मितिमा विभिन्न ब्यक्तिसंग लाखौं रुपैयाँ चलाएको जनाइएको छ । त्यसैक्रममा,राउतले वृन्दावन नगरपालिका वडानम्बर सातस्थित सखुअवा धमौराका चन्द्रकिशोर तिवारीको छोरा आकाश तिवारीबाट ४० लाख,पर्शुराम ठाकुरको छोरा बिर्जु ठाकुरबाट ३५ लाख,चन्द्रपुर नगरपालिका वडानम्बर आठका नित्यानन्द झाको छोरा धिरेन्द्र झावाट १२ लाख,चन्द्रपुर नगरपालिका वडानम्बर नौ डुमरीयाका शंकर सत्यालको छोरा पुजन सत्यालबाट १२ लाख र कटहरीया नगरपालिका वडानम्बर छ निवासी टिके रायको छोरा चिन्टु रायबाट सात लाख रकम लिएको केही समयअघि प्रहरी कार्यालय, सखुअवा धमौरामा कबोल गरेका थिए । प्रहरीको रोहबरमा पैसा लेनदेन सम्वन्धि तिर्नुपर्ने रकम तिर्न राउतले तमसुकसमेत गरेका हुन । तर पछिल्लो दिनमा ईन्जिनियर धिरेन्द्र झाको पैसा नतिर्ने मनशाय बोकेर राउत बैंकका कर्मचारीलाई उजुरी गर्नेहरुसँग मिलोमतो गर्न थालेका छन् ।
गत २०८० भदौ ५ गते ईलाका प्रहरी कार्यालय सखुअवा धमौरामा गरेको तमसुकको आधारमा प्रमोद कुमार राउतले लिएको रकम फिर्ता गर्ने सर्त रहेको देखिन्छ तर उहाले अहिले सम्म रकम फिर्ता नगरेको र जिल्ला प्रहरी कार्यालय गौरमा ठगीको उजुरी दिन्छु भन्दै बाहिर बाहिर हल्ला गर्दै हिँडको आफुले जानकारी पाएको ईन्जिनीयर झाले बताउनुभयो । पछिल्लो समयमा रौतहटमा अनाबश्यकरुपमा मुद्धा दिने र आफ्नो लेनदेनको बास्तविकता लुकाएर मान्छे फसाउन खोज्ने प्रबृति बढ्दै जान थालेको छ ।
राउत स्थानिय खाद्यान्न गोला तथा मिल संचालन गर्ने व्यक्ति हुन् । उनले स्थानिय कृषकहरु संग खाद्यान्न खरिद गरेको पैसा समेत नदिएर झुक्याउने तथा दुख दिन गरेको व्यापक जनगुनासो रहेको छ ।
