टुसालमा माओवादीले बाँड्यो खाद्यान्न

0 9

२४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी रुपान्तरण अभियानअन्तर्गत काठमाडौंको बौद्धस्थित टुसालमा असक्त, असहाय र दृष्टिविहीनलाई राहत वितरण गरेको छ ।

हरितालिका तीजका अवसरमा माओवादी सम्वद्ध अखिल नेपाल ट्रेड युनियनअन्तर्गतको यातायात मजदुर संघको पहलमा आइतबार बिहान राहत वितरण गरिएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अपांगता भएका र दृष्टिविहीन भएका ३५ परिवारलाई चामल, नुन, तेललगायत खाद्य सामग्री वितरण गरे ।

कार्यक्रममा पुनले आफूहरुले दया र निहागको रुपमा नभई सद्भाव र उपहारका रुपमा खाद्य सामग्री वितरण गरेको बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.