साताको पहिलो कारोबार दिन सुनको भाउमा गिरावट
२४ भदाै, काठमाडाैं । साताको पहिलो कारोबार दिन आज आइतबार छापावाला सुनको भाउमा गिरावट आएको छ ।साताको अन्तिम कारोबार दिन ३ सय रुपैयाँले बढेको सुनको भाउ आज ४ सय रुपैयाँ घटेको हो ।
आज छापावाला सुनको भाउ १ लाख ११ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । शुक्रबार सोही सुनको भाउ १ लाख १३ हजार ३ सय रुपैयाँ तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुनको भाउ एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ पनि आज ४ सय रुपैयाँले नै बढेको हो ।
यस्तै आज चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो । आइतबार चाँदी १० रुपैयाँले घटेको हो ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१९ दशमलव १४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ ।