प्रधानमन्त्रीको चीन भ्रमणको अजेन्डा तय गर्न सिंहदरबारमा बैठक जारी

0 8

२४ भदाै, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने चीन भ्रमणका अजेन्डा तय गर्न सिंहदरबारमा बैठक बसिरहेको छ। पूर्वप्रधानमन्त्री, संसद्‌मा प्रतिनिधित्व गर्ने दल नेता र पूर्व परराष्ट्रमन्त्रीहरुको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसिरहेको हो।

प्रधानमन्त्री प्रचण्ड असोजको पहिलो साता चीनको औपचारिक भ्रमणमा जाने तयारी छ। उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने र अमेरिकाबाट सोझै चीन जाने बताइएको छ।

एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड चीनको हाङजाओ पुग्नेछन्। प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा सडक, विद्युत् र भन्सार पूर्वाधार निर्माणका विषयमा समझदारी हुने बताउँदै आएका छन्।

यस्तै, पोखरा विमानस्थलको निर्माणका क्रममा चीनबाट उपलब्ध भएको ऋण सहयोगलाई अनुदानमा परिवर्तन गर्ने र थप केही नाकाहरु खोल्ने विषयमा नेपालले प्रस्ताव गर्ने तयारी छ।

आइतबार बिहान सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव कुमार नेपाल लगायत सहभागी छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.