सडक माथिबाट पहिरोसँगै खसेको ढुङ्गा लागेर डडेलधुरामा १ जनाको मृत्यु

0 3

२४ भदाै, डडेलधुरा । डडेलधुरामा सडक माथिबाट पहिरोसँगै खसेको ढुङ्गा लागेर १ जना किशोरको मृत्यु भएको छ। केआईसिंह राजमार्गअन्तर्गत डडेलधुरा गन्यापधुरा गाउँपालिका–२ स्थित रडुवा खोलामा मोटरसाइकलमा सवार १ जनालाई सडक माथिबाट पहिरोसँगै खसेको ढुङ्गा लागेको थियो।

मोटरसाइकलमा बसेका डडेलधुराको अमगरगढी–४ का १८ वर्षीय राकेश ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसम नायकले जानकारी दिए।

डोटीको दीपायलबाट डडेलधुारातर्फ आउँदै गरेको म १ प ८८३० नम्बरको मोटरसाइकल पछाडि सवार ऐरको टाउकोमा शनिबार माथिबाट खसेको ढुंगा लागेका थियो।

टाउकोमा चोट लागेर गम्भीर घाईते भएका उनलाई डडेलधुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरे पनि आइतबार बिहान बाटोमै मृत्यु हो।

मोटरसाइकल चालक डडेलधुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.