हाइब्रिड प्रयोग गर्ने कृषक १६५ प्रतिशत

0 6

२४ भाद्र, काठमाडौं । नेपालमा केही वर्षयता उन्नत जातका बिउ, विषादी र रासायनिक मलको प्रयोग बढेर गएको देखिएको छ । विगत १० वर्षमा धानबालीमा उन्नत बिउ प्रयोग गर्ने कृषक परिवारको प्रतिशत उस्तै रहे पनि हाइब्रिड बिउ प्रयोग गर्ने कृषक परिवारको प्रतिशत ५४ बाट बढेर करिब १६५ प्रतिशत पुगेको छ भने विषादी प्रयोग गर्नेहरू २९ प्रतिशतबाट बढेर ४४६ प्रतिशत पुगेको छ ।

कृषिगणना २०७८ अनुसार धानखेती गर्ने २७ लाख ६५ हजार चार सय ६७ कृषक परिवारमध्ये १४ हजार सात सय ११ कृषक परिवारले धानबालीमा अति कडा (रातो) विषादी प्रयोग गर्ने गरेको बताएका छन् । त्यसैगरी ७५९ प्रतिशत कृषक परिवारले धानबालीमा रासायनिक मल प्रयोग गरेको पाइएको छ ।

मकैखेती गर्ने २६ लाख छ हजार ९५ कृषक परिवारमध्ये अधिकांश कृषक परिवारले स्थानीय बिउ प्रयोग गरेको पाइएको छ भने उन्नत बिउ र हाइब्रिड बिउ प्रयोग गर्ने कृषक परिवार क्रमशः १२१ र १२९ प्रतिशतमात्र रहेको पाइएको छ । मकैमा रासायनिक मल प्रयोग गर्ने ४८६ प्रतिशत देखिएको छ । सोही अवधिमा गहुँखेती गर्ने २० लाख ४९ हजार ९१ कृषक परिवारमध्ये करिब ६७ प्रतिशतले स्थानीय बिउ प्रयोग गरेका छन् भने २७२ प्रतिशतले उन्नत बिउ र ५९ प्रतिशतले हाइब्रिड बिउ लगाएको उल्लेख गरेका छन् । गहुँमा २८३ प्रतिशत कृषक परिवारले विषादी र ५८५ प्रतिशतले रासायनिक मलको प्रयोग गरेको पाइएको छ ।

विगत १० वर्षमा हाइब्रिड बिउ प्रयोग गर्ने कृषक परिवारको प्रतिशत ५४ बाट बढेर करिब १६५ प्रतिशत पुगेको छ भने विषादी प्रयोग गर्नेहरू २९ प्रतिशतबाट बढेर ४४६ प्रतिशत पुगेको छ ।

त्यस्तै, तरकारी बाली लगाउने कृषक परिवारको संख्या १९ लाख ७७ हजार पाँच सय ७१ रहेकोमा तरकारी बालीमा उन्नत बिउ प्रयोग गर्ने कृषक परिवार १९९ प्रतिशतबाट बढेर २२२ प्रतिशत पुगेको छ भने हाइब्रिड बिउ लगाउने कृषक परिवार ४७ प्रतिशतबाट बढेर १३२ प्रतिशत पुगेको देखिएको छ । तरकारी बालीमा विषादी प्रयोग गर्ने कृषक परिवार विगत १० वर्षमा १५८ प्रतिशतबाट बढेर २६७ प्रतिशत पुगेका छन् भने तरकारी बालीमा विषादी प्रयोग गर्र्ने पाँच लाख २८ हजार ३४ कृषक परिवारमध्ये ५३२ प्रतिशत कृषक परिवारले सुरक्षित (हरियो), ३३२ प्रतिशतले मध्यम (निलो), १२९ प्रतिशतले कडा (पहेंलो) र ०७ प्रतिशत कृषक परिवारले अति कडा (रातो) विषादी प्रयोग गरेको बताएका छन् । यसरी नै तरकारी बालीमा रासायनिक मल प्रयोग गर्ने कृषक परिवार २३३ प्रतिशत रहेका छन् ।

कृषि औजार प्रयोग दोब्बर
नेपालको कृपि क्षेत्रमा यान्त्रिकरणको मात्रा कमशः बढ्दै गएको छ । कृषिगणना २०६८ अनुसार आठ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यका लागि ट्याक्टर प्रयोग गरेका थिए भने कृषिगणना २०७८ ले यो संख्या झण्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ । यसरी नै कृषिकार्यमा प्रयोग भएका ट्याक्टरको संख्या ३७ हजारबाट बढेर ५८ हजार पुगेको छ ।

दूध दुहुने मेसिन प्रयोग गर्ने कृषक परिवार ३० हजार छन् भने कुल तीन हजार चार सयवटा दूध दुहुने मेसिन कृषक परिवारसँग रहेको देखिएको छ । सो अवधिमा चार लाख ७१ हजार दुई सय ६० कृषक परिवारले कृषिकार्यका लागि पावर ट्रिलर प्रयोग गरेको पाइएको छ भने एक लाख १७ हजार नौ सय ९१ पावर ट्रिलर सञ्चालनमा रहेको देखिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.