पाेखराबाट अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु, ३९ अमेरिकी पर्यटक लिएर पाराे उड्यो ड्रुक एयर

0 7

२३ भदाै, काठमाडाैं । पाेखरा अन्तर्राष्ट्रिय विमान्स्थलबाट व्यावसायिक उडान सुरु भएकाे छ। शनिबार बिहान ड्रुक एयरको विमान ३९ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानकाे पाराे विमानस्थलका लागि उडान भरेकाे छ।

रोयल भुटानको एयरबस ३१९ (ए३१९) काे जहाज शनिबार बिहान पाेखरा विमानस्थलमा अवतरण गरेकाे थियाे। उक्त जहाज ८:५ बजे अमेरिकी पर्यटकहरूलाई लिएर भुटान उडेकाे विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णले बताए।

पोखरा फेवातालमा भएको ड्रागन बोट फेस्टिभलमा सहभागी हुन आइपुगेका अमेरिकी पर्यटकहरू जहाज चार्टड गरेर भुटान गएका हुन्। जहाजमा चालक दलका तीन जना सदस्यसहित ४२ जना रहेका छन्।

पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको छ। गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायीलगायतले यात्रुहरूको बिदाइ गरेका हुन्।

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन्। जहाज भारतीय एजेन्सीले नै चार्टर गरेका थिए। उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायतका विभिन्न साहसिक गतिविधिमा सामेल भएका थिए।

काठमाडौँबाट उनीहरू आठवटा हेलिकोप्टरमा पोखरा आएका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान अझै हुनसकेको छैन। आन्तरिक उडानमा विमानस्थल सीमित छ।

१ जनवरीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे उद्घाटन भए पनि आन्तरिक उडानमै सीमित थियाे। यसअघि गत असार पहिलाे साता चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि यात्रु नलिइ रित्तै फर्किएकाे थियाे।

व्यवसायिक उडान सुरू भएपछि संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उड्डयन क्षेत्रमा अर्को ईंटा थपिएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज नेपाली उड्डयन क्षेत्रमा अर्को ईंटा थपिएको छ,’ पर्यटनमन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भुटानको पारोबाट पोखरा अन्तर्रािष्ट्रय विमानस्थलमा रोयल भुटानको एयरबस ३१९ (ए३१९) जहाज आज बिहान ६:३९ बजे अवतरण र ८:५ बजे उडान सफलतापुर्वक गरेकोमा हार्दिक स्वागत तथा बधाई!’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.