प्रिमियर अगावै भेनिसमा ‘द रेड सुटकेस’लाई मेन्सन अवार्ड

0 11

२३ भदाै, काठमाडाैं । शुक्रबार प्रिमियर भएकाे ‘द रेड सुटकेस’ले प्रिमियरअगावै अवार्ड जितेको छ। चलचित्रले फन्डापजियोनी फाई पर्सनो लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको हो।

चलचित्र समीक्षक, सांस्कृतिक संस्था र फिल्मकर्मीको संस्थाले स्वतन्त्र रुपमा प्रदान गर्ने यो अवार्ड ‘द रेड सुटकेस’ लाई यसमा गरिएको मेहनतका लागि प्रदान गरिएको संस्थाद्धारा जारी इमेलमा जनाइएको छ।

‘चलचित्रले यथार्थ र कल्पनाको बीचमा रहेर काव्यिक कथावाचन गरेको छ। छायांकनको उच्चता मार्फत फिल्मले नेपाली समाजको बसाइँ सराइको दुर्दान्त कथा प्रस्तुत गर्छ। सांस्कृतिक पृष्ठभूमिमा रहेर चलचित्रले विश्वजनीन कथा पनि प्रस्तुत गरेको छ,’ जुरी साइटेसनमा भनिएको छ।

निर्देशक फिडेल देवकोटाले अवार्डले जिम्मेवारी थपिएको बताएका छन्। उनले यसलाई फिल्मको सफलताको सूचकको रुपमा अर्थ्याए। ‘मुख्य प्रतिस्पर्धाको निर्णय आउन बाँकी नै छ। तर साइड इभेन्टमा पनि फिल्मले अवार्ड जित्नुको मतलब हामी कथावाचनमा धेरेथोर सफल भएको संकेत हो। हामी खुसी छौँ,’ फिडेलले संक्षिप्त प्रतिक्रिया दिँदै भने।

विगत चार वर्षदेखि बाँडिँदै आएको यो विधाको उत्कृष्ट फिल्मको पुरस्कार भने रेयुसुके हामागुचीको फिल्म इभिल डजनट एक्जिस्टले जितेको थियो। हामागुचीले गत साल ड्राइभ माइ कारमार्फत् अस्करको इन्टरनेसनल फिचर फिल्म विधातर्फको अवार्ड जितेका थिए। यो साल पनि उनको फिल्म भेनिसको मुख्य प्रतिस्पर्धामा रहेको छ। फिडेलले अस्कर अवार्ड विजेता हामागुचीसँग हार्दा खुसी नै लागेको बताए।

निर्माता रामकृष्ण पोखरेलले प्रिमियरअघि अवार्ड पाउनुलाई शुभ संकेतको रुपमा अर्थ्याए। ‘कम्तिमा हामी खाली हात नेपाल फर्कनु परेन। तर हामी थप आशावादी छौँ,’ उनले भने।

फिल्मको शुक्रबार नै वर्ल्ड प्रिमियर भएकाे छ। प्रिमियरका लागि निर्माताहरु रामकृष्ण पोखरेल, शोभा थापा, निर्देशक फिडेल देवकोटा, छायाँकार सुशन प्रजापति र कलाकारहरु सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ भेनिस पुगेका छन्।

शनिबार फिल्मको अवार्ड वितरण कार्यक्रम रहेको छ। प्रिमियर अगावै अवार्ड जित्नुले फिल्म खाली हात नफर्कने पक्का भएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.