लालबन्दीको फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री

0 8

२३भदाै, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा संकलन हुने फोहर वार्षिक रु तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ।

लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौंबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक रु तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिए।

उनका अनुसार यसअघि फोहर उठाउने ठेकेदार कम्पनी ‘ग्रिन एण्ड क्लिन सिटी’ सर्भिस प्रालि हेटौँडा, मकवानपुरले नगरपालिकाभित्रका बजारबाट संकलन भएको फोहर उठाएबापत नगरपालिकाबाट वार्षिक रु एक लाख ५० हजार लिँदै आएको थियो।

अब गोकर्णेश्वरले संकलन गरेको फोहर नगरपालिकालाई दिने, नगरपालिकाले पुनः गोकर्णेश्वरलाई फोहोर फिर्ता गर्ने र त्यससँगै नगरपालिकालाई रकम दिने विषयमा सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए।

फोहरमैलामा संकलन भएका कबाडी सामग्री बिक्रीबाट आएको रकम र घरघरबाट उठाउने रकम ठेकेदारकै हुने सम्झौतामा उल्लेख गरिएको नगरपालिकाले जनाएको छ। तर ल्याण्डफिल्डसाइट नभएकाले नगरपालिकाले यसअघि कालिञ्जोर खोला किनारमा लगेर फोहर डम्पिङ गर्दै आएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.