बाँकेमा बस दुर्घटना : सातजनाको मृत्यु

0 12

२३ भाद्र, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राति करिब ९ बजे ठोक्किएर दुर्घटना भएको थियो ।

बिग्रिएर सडक छेउमा राखिएको सो ट्रकसँग बस ठोक्किँदा बसमा सवार ठाकुरबाबा ९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र बसका चालक जुकबहादुर चन्दसहित ७ जनाको जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुने बसका सहचालक र अन्य एकजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइतेकाे कोहलपुरमा उपचार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.