इजिप्टले सुडानसँगको सिमानामा नयाँ लजिस्टक जोन स्थापना गर्ने
२२ भदाै, एजेन्सी । इजिप्टले सुडानसँगको सिमानामा नयाँ लजिस्टक जोन स्थापना गर्ने भएको छ।
इजिप्टको यातायात मन्त्रालयले बिहीबार सुडानसँगको सीमानामा दुईवटा लजिस्टक जोन स्थापना गर्ने घोषणा गरेको हो लजिस्टिक क्षेत्र बनाएपछि लामो समयदेखि रहेको ट्राफिक जाम कम हुने बताइएको छ ।
सामान लोड गर्न र दुई राष्ट्रबीचको व्यापारिक गतिशीलता बढाउने उद्देश्य राखिएको छ। सो क्षेत्रमा ट्रकको भीड एउटा समस्या बन्दै आएको छ। जसकारण व्यापारिक कार्यमा ढिलाइ भइरहेको बताइएको छ।