कोशीमा आजै मुख्यमन्त्रीको शपथ लिँदै कार्की

0 12

२२ भदाै, काठमाडौं । कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की शुक्रबार मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्। सर्वोच्च अदालतको फैसलाको पत्र विराटनगर पुगिसकेकाले शुक्रबार साँझ ६ बजे कार्कीले मुख्यमन्त्रीको शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

शुक्रबार सर्वोच्चको पूर्ण इजलासले सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरी नेकपा सबैभन्दा ठूलो दलका नेता हिक्मत कार्कीलाई नियुक्त गर्न परमादेश जारी गरेको थियो।

न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन नसकेकाले उपधारा ३ अनुसार धेरै सांसद भएको दलको नेतालाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको हो।

सर्वोच्चमा एमालेले विश्वासको मत बदर भई उपधारा ३ अनुसार सरकार निर्माण हुनुपर्ने माग गर्दै रिट दायर गरेको थियो। उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिट जारी हुने आदेश गरेको हो।

योसँगै मुख्यमन्त्री थापाले दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री पद गुमाएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.