शंकरापुर अस्पतालले भब्य रुपमा मनायो वार्षिकोत्सव (फोटो फिचर)
२२ भदाै, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरस्थित जोरपाटीमा रहेको शंकरापुर अस्पतालले १६ औं वार्षिकोत्सव भव्यता साथ सम्पन्न गरेको छ । करिब एक दशकभन्दा बढी स्वास्थ्य सेवामा समर्पित यस अस्पतालले स्वास्थ्य सेवालाई समयअनुसार फराकिलो बनाउँदै लगेको छ ।

उक्त अस्पताल काठमाडौंको तत्कालीन क्षेत्र नं १ मा स्थापना शंकरापुर अस्पतालको स्थापना गरिएको थियो । विशेषगरी काठमाडौंका भद्रवास, मुलपानी गोठाटार, साँखु, लप्सेफेदी, तथा नाङलेभारे त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र, चौतारा, भोटेचौर लगायतका क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने लक्ष्यका साथ शंकरापुर अस्पतालको स्थापना गरिएको हो। वार्षिकोत्सव समारोहमा कागेश्वरी मनोहरा, तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख अतिथीको रुपमा रहेका थिए । तीन नगरपालिकाका प्रमुख अतिथीका रुपमा रहेका रहेको ।
उक्त कार्यक्रम काठमाडौं क्षेत्र नं ३ का मुख्य अतिथी सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा काठमाडौ क्षेत्र नं ३ को प्रदेश सांसद बिमल ठकुरी सहभागि थिए । कार्यक्रममा अस्पतालको तर्फबाट अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।