Advertisement

वर्तमान संविधान बीपी विचारकै सार : राष्ट्रपति पौडेल

0 28

Advertisement

२२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताएका छन् ।

जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको बताए । उनले बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरे ।

‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौं,’ राष्ट्रपति पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न बीपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन् ।’

कार्यक्रममा बीपी साहित्य सम्मान जनकपुरका डा= राजेन्द्र बिमललाई प्रदान गरियो । पुरस्कारको राशी एक लाख एकहजार रुपैयाँ र सम्मानपत्र छ ।

बीपी प्रजातन्त्र सेनानी सम्मान रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपानेलाई प्रदान गरियो। सो पुरस्कारको राशी ५१ हजार नगद र सम्मानपत्र छ ।

राष्ट्रपतिबाट सम्मान ग्रहण गर्दै बिमलले बीपी सदैव स्वतन्त्रता र समानताका पक्षधर रहेको बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.