लगातार ३ तिन घटेको सुनको भाउ शुक्रबार सामान्य बढ्यो
२२ भदाै, काठमाडाैं । सुनको भाउमा सामान्य वृद्धि भएको छ । हिजो १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउमा आज ३ सय रुपैयाँ वृद्धि भएको हो । आज छापावाला सुन १ लाख १२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ पनि आज ३ सय रुपैयाँले नै बढेको हो ।
यस्तै आज चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार चाँदी ५ रुपैयाँले घटेको हो ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२४ दशमलव ४८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ ।