चौधरी र अदानीबीच सिमेन्ट व्यापारमा साझेदारी

0 7

२२ भाद्र, काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यावसायिक घराना अदानी ग्रुपबीच दुई देशबीचमा सिमेन्ट व्यवसाय अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सहमति भएको छ । दुई देशबीचको गहिरो सम्बन्ध थप सुदृढ गर्दै लैजाने उद्देश्यका साथ दुई देशका प्रतिष्ठित व्यावसायिक घरानाले सिमेन्ट व्यवसाय सुरू गरेका हुन् । चौधरी ग्रुपका अनुसार नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्नति र प्रगतिप्रतिको अटल समर्पण दर्शाउँछ ।

सो अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्ध अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यस रणनीतिक सहकार्यमार्फत् हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्ध अझ बढी सुदृढ पार्न चाहन्छौँ ।’
नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोण दर्शाउँदै दुवै व्यापारिक समूह सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अघि बढेका छन् । साझा मूल्य मान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहँदै थप आर्थिक सम्बन्धलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समूहले लिएको चौधरी ग्रुपद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

ग्रुपका अनुसार प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यावसायिक सहकार्य गर्ने अवसरका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफल बनाउन नेतृत्व दिई भूमिका खेल्नुभएकोमा र अटल समर्थनका लागि आभार व्यक्त गर्नुभयो । हालैमात्र वरुण चौधरी माल्दिभ्समा रहँदा पर्नुभएको गम्भीर दुर्घटनाको समयमा गौतम अदानीले गर्नुभएको सहयोगले उहाँको जीवनमा ठूलो महत्व राखेको पनि स्मरण गर्नुभएको थियो । अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी दुवै देशको दिगो सम्बन्धको प्रमाणका रूपमा रहने विश्वास दुवै पक्षको रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.