नविल सेक्युरिटिजको नाम परिवर्तन, ‘नविल स्टक डिलर’ कायम गर्ने

0 11

२१ भदौ, काठमाडौं । नविल सेक्युरिटिजनले नाम परिवर्तन गर्ने भएको छ । नविल सेक्युरिटिजले नाम परिवर्तन गरि ‘नबिल स्टक डिलर लिमिटेड’ कायम गर्ने भएको हो ।

सेक्युरिटिजको सञ्चालक समितिले नाम परिवर्तनको विशेष प्रस्ताव सहित आगामी असोज १२ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै प्रवन्धपत्र र नियमावली संशोधनको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष२०७९/८० को लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै वित्तीय विवरण पनि पारित गर्नेछ । नेपाल धितोपत्र बोर्डबाट फुलफ्लेजको ब्रोकरेज सेवा प्रदान गर्ने लाइसेन्स पाएको नविल सेक्युरिटिजले आफ्नो व्यवसाय शुभारम्भ गरिसकेको छ ।

हालसम्म नागरिक स्टक डिलर मात्रै रहेकोमा अवदेखि नविल स्टक डिलरले पनि काम गर्नेछ । नविल पूँजी बजार सम्बन्धी सम्पुर्ण कार्य गर्ने एक मात्रै संस्था हो । जसको चुक्ता पूँजी मात्रै एक अर्ब ५० करोड रुपैयाँ रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.