नेपालमा ४५ लाख ५९ हजार गाई–गोरु
२१ भदाै, काठमाडौं । नेपालमा गाई तथा गोरु पाल्ने किसानको संख्या घटेको छ। केन्द्रीय तथ्यांक कार्यालयकाले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्कअनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसान ठूलो संख्यामा घटेको पाइएको हो।
सो तथ्यांकअनुसार हाल १७ लाख ८ हजार घर परिवारले गाई/गोरु पालन गरिरहेका छन्। जुन अघिल्लो गणनाको तुलनामा ५ लाख ७३ हजार परिवारले कम हो। २०६८ मा २२ लख ८१ हजार परिवार गाई/गोरु पालनमा आबद्ध थिए। २०७८ को तथ्यांकअनुसार नेपालमा एउटा परिवारसँग गाई र गोरुको संख्या करिब ३ वटा छ।
तथ्यांकअनुसार नेपालमा १८ लाख ७७१ हजारले गाई र गोरुको संख्या घटेको छ। नेपालभर अहिले गाई / गोरुको कुल संख्या ४५ लाख ५९ हजार छ। २०६८ सालमा देशभर गाई तथा गोरुको संख्या ६४ लाख ३० हजार थियो।