वडाध्यक्षको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा

0 17

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ ।

महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो । १७ भदौमा दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा उनलाई भर्ना गरिएको थियो ।

रिजालको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिंदैछ । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए । रिजालको जन्म १७ कात्तिक २०२७ सालमा भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.