लगातार घट्दै नेप्से, मौद्रिक नीतिपछि करिब ३०० अंकको गिरावट

0 14

२१ भदौ, काठमाडौं । सेयर लगानीकर्ताको ‘कन्फडेन्ट’ कमजोर हुँदा सेयर बजार निरन्तर घट्दै गएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २८.९२ अंकले गिरावट हुँदा १९३२.४५ को बिन्दुमा बन्द भउको छ । सार्वजनिक बिदा हुँदा बुधबार बन्द भएको बजार मंगलबार १९६१.३७ को बिन्दुमा बन्द भएको थियो । बिहीबार नेप्से १.४७ प्रतिशतले गिरावट भएको हो ।

सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा बजार परिसूचक नेप्से लगातार घट्दै गएको छ । ७ साउनमा राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दा सोही दिन नेप्से १ वर्ष यताकै उच्च बिन्दु २२२७.१६ समम पुगेको थियो । तर ८ साउनदेखि नै लगातार घट्न सुरु भएको नेप्से त्यसयताको करिब डेढ महिनामा २९४.७१ अंकले गिरावट भइसकेको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोत सहज बन्दै गएको अवस्थामा विस्तारै त्यसको प्रभाव सेयर बजारमा देखिने विश्वास लगानीकर्ताको थियो । आर्थिक वर्ष २०७८/७९ मा बाह्य क्षेत्रमा देखिएको ठूलो दबाब गत आर्थिक वर्षमा सन्तुलित बन्नेसँगै मौद्रिक नीति केही लचिल्लो बन्ने अपेक्षा सेयर लगानीकर्तामा थियो । तर, विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र मुद्रास्फीतिको दबाबले गर्दा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई अपेक्षाकृत लचिलो बनाएन । अर्कोतर्फ सार्वजनिक वित्तमा दबाब झेलिरहेको सरकारले आर्थिक वर्षको सुरुवातबाट नै आन्तरिक ऋण उठाउन सुरु गर्दा बैंकिङ प्रणालीमा रहेको तरलता पनि सरकारले तानिरहेको छ । जसले सेयर बजारमा मौद्रिक नीतिपछि उत्साहभन्दा निराशा बढी देखिएको छ ।

बिहीबार नेप्सेका सबै उपसूचकमा गिरावट हुँदा हाइड्रोपावरका लगानीकर्ता सबैभन्दा निराश बनेका छन् । हाइड्रोपावर कम्पनीहरुको उपसूचक २.५२ प्रतिशतले गिरावट हुँदा अन्य उपसूचक २.०४ प्रतिशले गिरावट भएको छ । यस्तै बैंकिङ उपसूचक पनि १.०७ प्रतिशतले गिरावट भएको हो ।

बिहीबार नेप्सेमा गिरावट भएपनि कारोबारमा भने केही सुधार देखिएको छ । गत सोमबार १ अर्ब माथिकै कारोबार भएपनि मंगलबार भने करिब ८० करोडमा सीमित भएको थियो । तर बिहीबार कारोबार रकम पुन १ अर्ब नाघेको छ । नेप्सेमा ३२ हजार १३९ वटा कारोबारमा ३७ लाख ६९ हजार ३३ कित्ता सेयर कारोबार हुँदा १ अर्ब १५ करोड ९ लाखको कारोबार भएको हो ।
जसमध्ये लिवर्टी इनर्जीको सर्वाधिक ६ करोड १५ लाखको कारोबार हुँदा सोल्टी होटलको ४ करोड २ लाख र शिवम् सिमेन्टको ३ करोड ७८ लाखको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २२८ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २०३ कम्पनीको सेयरमूल्य गिरावट हुँदा २१ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । त्यस्तै ४ कम्पनीको सेयरमूल्य भने स्थिर छ । कारोबार भएकामध्ये बाराही हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.७१ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य ९.३६ प्रतिशतले गिरावट भएको छ । त्यस्तै अपर स्याङ्‍गे हाइड्रोपावरको सेयरमूल्य ९.०१ प्रतिशतले गिरावट भएको छ ।

शुभम् पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ७.४६ प्रतिशत र इङ्वा हाइड्रोपावरको सेयरमूल्य ४.५५ प्रतिशतले बढेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.