कुखुरापालक किसान १८ लाख, कुखुराको संख्या साढे ४ करोड

0 12

२१ भदौ, काठमाडौं । नेपालमा उन्नत जातको कुखुरापालन फस्टाउन थालेको छ । केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजामा यस्तो विवरण सार्वजनिक भएको हो ।

नयाँ विवरणअनुसार नेपालभर अहिले १७ लाख ९९ हजार कृषक परिवारले कुखुरा पाल्छन् । ती किसानको घरमा ४ करोड ५१ लाख १८ हजार गोटा कुखुरा छन् ।

कुल कुखुराको संख्या मध्ये ५५ प्रतिशत कुखुरा उन्नत जातको गिरिराज, लेयर्स र ब्रोइलर रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

२०६८ सालमा नेपालमा कुखुरा पालन गर्ने कृषकको संख्या १८ लाख ९ हजार मात्रै थियो । विगत १० वर्षमा कुखुरा पालन गर्ने सख्या थोरैले घटेपनि कुखुराको उत्पादन भने दुई गुणाले बढेको हो ।

नयाँ गणना २०७८ अनुसार बागमती प्रदेशमा सबै भन्दा धेरै कुखुरा पालन गरिन्छ । त्यसमा पनि काठमाडौं जिल्ला कुखुरापालनका लागि अग्रणी देखिएको छ ।

नयाँ तथ्यांकअनुसार नेपालमा हाँसको संख्या साढे ३ गुणाले बढेर १३ लाख २६ हजार पुगेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.