हुन्डाईको ‘फेष्टिभ डिलाइट–२०८०’ योजना सार्वजनिक

0 16

२१ भदाै, काठमाडाैं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि दशैं–तिहार लक्षित फेष्टिभ डिलाईट २०८० योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाइले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ ।

यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाइ एसयुभी लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।

२१ भाद्रदेखि शुरु भएको यस हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नेहरुले पनि यो योजनामा सहभागिता जनाउन सक्नेछन् । नाडा अटोशो २०२३ मा हुन्डाईको बीफाइभ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर ३ (छठ पर्व) सम्म लागू हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.