सुनको मूल्यमा लगातार गिरावट, बिहीबारको भाउ कति ?
२१ भदाै, काठमाडाैं । सोमबार १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज बिहीबारसम्म आइपुग्दा १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन ३ दिनमा १ हजार रुपैयाँले घटेको हो । मंगलबार र बुधबार लगातार ३\३ सय रुपैयाँले घटेको सुनको भाउ आज ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ पनि आज ४ सय रुपैयाँले नै घटेको हो ।
यस्तै आज चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार चाँदी २० रुपैयाँले घटेको हो ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१९ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव १२ डलरमा कारोबार भइरहेको छ ।