कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेले भने– ‘राजसंस्था जिन्दावाद, एमसीसी खारेज गर’

0 15

२० भदाै, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहार गर्ने व्यक्ति श्याम सापकोटा राजसंस्थाप्रति आस्थावान रहेको खुलेको छ।

खुकुरी प्रहारपछि प्रहरीले उनलाई पक्राउ गर्दा उनले राजसंस्था जिन्दावाद भन्दै चिच्याएका थिए। प्रहरीले पक्राउ गर्दैगर्दा उनले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भनेका थिए। सापकोटाले एमसीसी खारेज गर भन्दै कराएको पनि सार्वजनिक भएको भिडिओमा सुनिन्छ।

सापकोटको घर नुवाकोटको विदुर नगरपालिका–७ रहेको खुलेको छ। ४७ वर्षीय सापकोटा राजसंस्था चाहिने भन्दै कराएका थिए। यता सापकोटाको खुकुरी आक्रमणबाट घाइते भएका सहमहामन्त्री यावदको ट्रमा सेन्टरमा उपचार गराइएको छ।

खुकुरी प्रहार भएपछि उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएका यादवमाथि चोट लागेको अस्पतालले पुष्टि गरेको छ। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालका अनुसार यादवको टाउको र जिउमा चोट लागेको छ।

‘चोट ठूलै देखिन्छ। सिटी स्क्यान गर्न पठाइएको छ। सिटी स्क्यानपछि उपचारको थप उपचार प्रक्रिया अघि बढ्छ’ रिजालले नेपाल लाइभसँग भने।

काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.