चीनले लगायाे सरकारी अधिकारीहरूलाई आईफोन प्रयाेगमा प्रतिबन्ध

0 26

चीन-अमेरिका तनाव थप उत्कर्षमा

२० भदाै, काठमाडाैं । चीनले आफ्ना सरकारी अधिकारीहरूलाई अमेरिकाको एप्पल कम्पनीका मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाएको छ।

वाल स्ट्रीट जर्नलका अनुसार चीनले आफ्ना सरकारी अधिकारीहरूलाई एप्पलका आईफोनहरू र अन्य विदेशी ब्राण्डका उपकरणहरू कामका लागि प्रयोग नगर्न र कार्यालयमा नल्याउन आदेश दिएको हो।

एप्पल कम्पनीले आगामी हप्ता दिनभित्र आफ्ना नयाँ उत्पादन बजारमा ल्याउन लागेका समय चीनले यस्तो प्रतिबन्ध लगाएको बताइएको छ।

चीन-अमेरिका तनाव थप बढ्दै गएका बेला चीनले लगाएको यो प्रतिबन्धले चीनमा काम गर्ने विदेशी कम्पनीहरूमा चिन्ता उत्पन्न गर्न सक्ने विश्लेषकहरूले बताएका छन्।

चीन अमेरिकापछि एप्पलको सबैभन्दा ठूलो बजार हो। चीनको यो कदमका कारण एप्पलले चिनियाँ बजारबाट प्राप्त हुँदै आएको २० प्रतिशत आय गुमाउनेछ।

चीनले स्वदेशी उत्पादन प्रयोगमा प्रोत्साहन गर्ने नीतिअनुरूप यो कदम उठाएको हुन सक्ने बताइएको छ।

अमेरिकाले पनि टिकटकसहितका चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने संकेत दिइरहेको छ। केही राज्यले त प्रतिबन्धको घोषणा पनि गरिसकेका छन्।

दुई देशले एकअर्कामाथि लगाएको यस किसिमको प्रतिबन्धले उनीहरूबीचको सम्बन्धको तनाव थप उत्कर्षमा पुगेको देखिन्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.