भारतका सराभनन मनी बने मिस्टर एसिया, पुरुषतर्फ नेपाली टिम तेस्रो

0 8

० भदाै, काठमाडौं । ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत मिष्टर एसियाको उपाधि भारतका सराभनन मनीले हात पारेका छन् ।

शारीरिक सुगठनतर्फको विभिन्न ११ तौल समूहका विजेताबीच भएको मिस्टर एसियाको प्रतिस्पर्धामा मनीले आफ्ना दश प्रतिस्पर्धीलाई पछि पार्दै ट्रफी उचालेका हुन् । उनी ९० केजी तौल समूमा विजेता बन्दै ओभरअल राउण्डमा प्रवेश गरेका थिए ।

एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको व्यवस्थापनमा भएको स्पर्धामा पुरुषतर्फ नेपालले कुल २६० अंक हासिल गर्दै टिम च्याम्पियनसिपमा तेस्रो हुन सफल भएको छ । पुरुषतर्फ भारत ७९५ अंकका साथ पहिलो र थाइल्याण्डले ५९० अंकका साथ दोस्रो भयो ।

यसैगरी महिलातर्फ थाइल्याण्डले टिम च्याम्पियनसिपको उपाधि उचाल्यो भने भियतनाम दोस्रो र हङकङ चाइना तेस्रो स्थानमा रह्यो ।

च्याम्पियनसिपको अन्तिम दिन सम्पन्न पुरुष एथलेट फिजिक्स १८२ सेमी नेपालका विप्लभ कार्कीले कास्य पदक प्राप्त गरे । यस विधामा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत प्राप्त गरे ।

नेपालले च्याम्पियनसिपमा ३ स्वर्ण ६ रजत र ५ कास्य सहित कूल १४ पदक जित्न सफल भएको छ । नेपालका लागि विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट र रनजी श्रेष्ले महिला शारीरिक सुगठनमा ५५ केजी तौलमा स्वर्ण जिते ।

सुरेश दुवाल ५५ केजी, अशिम बाबु गरुङ्गे ६० केजी, मनोज सुवेदी ६५ केजी, ललित धिमाल ७५ केजी, राजुराई फिटनेश फिजिक विधा, तारा खैजु मोडल फिजिक्सले रजत पदक प्राप्त गरेका थिए ।

कमल भण्डारी ६० केजी, कृष्ण प्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेश फिजिक्स, विप्लभ कार्की एथलेटिक्स फिजिक, निहाल मान जोशी एथलेटिक्स फिजिकमा कास्य पदक प्राप्त गरेका थिए ।

च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए ।

शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पट नेपालमा आयोजना भएको ठुलो प्रतियोगिताको रुपमा रहेको एसियन च्याम्पियनसिपमा नेपालसहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता थियो ।

दरबारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा भएको च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.