Advertisement

स्वर्णिम वाग्लेले अर्थमन्त्रीसँग मागे ३ प्रश्नको उत्तर

0 16

Advertisement

२३ जेठ, काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपा सांसद स्वर्णिम वाग्लेले अर्थमन्त्री प्रकाशशरण महतलाई तीन प्रश्न सोधेका छन्। बजेट निर्माणका क्रममा पूर्वनासुलाई करारमा नियुक्त गरी संलग्न गराएको भन्ने समाचार सार्वजनिक भएपछि विपक्षी दलहरुले प्रतिनिधि सभामा प्रश्न उठाएका छन्। सोही क्रममा वाग्लेले पनि प्रश्न सोधेका हुन्।

वाग्लेले उत्तर चाहेका तीन प्रश्न यसप्रकार छन्-

एक, यो वर्ष षडयन्त्रमूलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन?

दुई, एचएस कोडको विज्ञ भनेर संलग्न गराइएका व्यक्तिलाई विधि र प्रक्रिया पुर्‍याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन?

तीन, तीसतीस वर्षसम्म ३ करोड जनसंख्या भएको देशमा एचएस कोडका दरहरु टाइप गर्न सक्ने जनशक्तिको आकार के एकजना वा दुई जना मात्रै हुन्? कि यसमा सिंगो भन्सार प्रणालीको संस्थागत सुधार गरेर डब्लुसीओ नामक अन्तर्राष्ट्रिय संस्थाका अन्तर्राष्ट्रिय मापदण्ड, मानक र मेथोडोलोजी अवलम्बन गर्न सक्ने सयौँ जनाको प्रोफेस्नल क्याडर बनाउन यो वर्ष अर्थमन्त्रीको इमानदार पहल होला कि नहोला?

वाग्लेले यस वर्ष पनि गत वर्षको कलंक नदोहोरियोस् भनेर रचनात्मक प्रतिपक्षीका रुपमा रास्वपाले अर्थमन्त्रीलाई सचेत गराउँदै आएको बताए। ‘अर्थ समितिको पहिलो बैठकमा नै अर्थमन्त्रीसँग पोलिसी करप्सनबारे सवालजवाफ भएकै हो,’ उनले भने।

वाग्लेले बकाइदा कागज मिलाएर, औपचारिकता मिलाएर, विधि पुर्यासए जस्तो गरेर, बैठक बसेर नियमावलीहरु नै संशोधन गर्दै अख्तियारले पनि समाउन नसक्ने गरी सेटिङमा हुने भ्रष्टाचारको महामारी विगत केही वर्षमा आगोझैं सल्किएको बताए। ‘सक्छौ भने मलाई जेल हाल’ भन्ने हुँकारको जननी पनि त्यही भएको उनको भनाइ छ।

उनले यही पृष्ठभूमिमा सोमबार प्रकाशित समाचार र सम्पादकीयले आफूहरुलाई झस्काएको पनि बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.