Advertisement

प्रतिनिधिसभा बैठक साढे १ बजेसम्मलाई सर्‍यो

0 18

Advertisement

२३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो ।

प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा नेकपा एमाले र राप्रपाले संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ । दलहरुबीच सहमति नभएपछि समयमा बैठक सुरु हुन नसकेको हो ।

प्रतिनिधिसभा बैठकमा सोमबारदेखि बजेट छलफल सुरु भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.