Advertisement

अफगानिस्तानमा ८० बालिकालाई विष दिइयो, सबै प्राथमिक स्कुलका विद्यार्थी

0 15

Advertisement

२२ जेठ, एजेन्सी । अफगानिस्तानको उत्तरी इलाकामा दुई वटा प्राथमिक स्कुलका ८० छात्रालाई विष दिइएको छ । सबैलाई अस्पताल भर्ना गरिएको छ । इलाकाका शिक्षा अधिकारीले आइतबार यसबारे जानकारी दिएका हुन् । अगस्ट सन् २०२१ मा तालिबान सत्तामा आएपछि यस्तो घटना पहिलो पटक भएको हो ।

तालिबानले पहिले नै देशमा बालिकालाई ६ कक्षाभन्दा माथि पढ्न प्रतिबन्ध लगाइसकेको छ । जुन स्कुलमा छात्रालाई विष दिएको थियो, ती अफगानिस्तानको सर–ए–पुल प्रान्तमा छन् । यी दुई स्कुल आसपास छन् । एकपछि अर्को गर्दै यी स्कुललाई निशाना बनाइएको हो ।

छात्रालाई षड्यन्त्र गरेर विष दिइयो

सर–ए–पुलको एजुकेसन डिपार्टमेन्टका अधिकारीले आफूहरूले घटनाबारे छानबिन गरिरहेको बताए । छात्रालाई कसरी विष दिइयो भन्ने जानकारी छैन । सुरुवाती अनुसन्धानमा यो कसैको षड्यन्त्रजस्तो लागेको अधिकारी बताउँछन् । कसैले तेस्रो पक्षमार्फत उनीहरूलाई विष दिएको पनि अधिकारीले जानकारी दिएका छन् । विष दिइएका छात्राहरू एकदेखि ६ कक्षामा अध्ययनरत छन् ।

अफगानिस्तानमा सन् २०१५ मा पनि यस्तै घटना भएको थियो । त्यति बेला हेरात प्रान्तमा स्कुलका ६ सय छात्रालाई विष दिइएको थियो । त्यति बेला कुनै पनि सङ्गठनले यसको जानकारी लिएको थिएन । यद्यपि, त्यति बेला थुप्रै मानवअधिकार सङ्गठनले तालिबानलाई घटनाका लागि जिम्मेवार बताएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.