१४ वर्षपछि रियल मड्रिडका स्टार खेलाडी बेन्जिमाले क्लब छाडे

0 19

२१ जेठ, काठमाडौं । १४ वर्षपछि रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जिमाले क्लब छाडेका छन्। बालोन डी–ओर विजेता स्ट्राइकर बेन्जिमाले क्लब छाड्ने निर्णय गरेका हुन्।

सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट उनी रियल मड्रिडमा अनुबन्धन भएका थिए। यो सिजनको अन्त्यसँगै बेन्जिमा अब फ्रि ट्रान्सफरमा अनुबन्धन हुने बाटो खुलेको छ।

रियलमा रहँदा ३५ वर्षीय बेन्जिमा ५ वटा च्याम्पियन्स लिग र ४ वटा ला–लिगा उपाधी जितेका छन्। रियलका कप्तानसमेत रहेका बेन्जिमाले यो सिजन कोपा डेल रे, क्लब वल्र्डकप र यूईएफए सुपर कप जितेका छन्।

रियलमा रहँँदा सबै प्रतियोगितामा गरेर २५ उपाधी जितेका छन्। रियलमा रहँदा उनले ६४७ खेल खेल्दै ३५३ गोल गरेका छन्। रियलका लागि रोनाल्डोपछि सबैभन्दा बढी गोल बेन्जिमाकै नाममा छ।

आइतबार राति एथ्लेटिक बिल्बाओसँगको खेल रियलको जर्सीमा बेन्जिमाको अन्तिम खेल हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.