Advertisement

कृषि उत्पादकत्व बढाउन जम्मुकाश्मिरका लाखौं किसानलाई तालिम

0 22

Advertisement

२१ जेठ, काठमाडाैं । केन्द्र शासित प्रदेश जम्मुकाश्मिरमा कृषि उत्पादकत्व बढाउँदै त्यहाँका सीमान्तकृत वर्गको उत्थानमा योगदान गर्न सरकारले थालेको पाँचमहिने किसान सम्पर्क अभियान अन्तर्गत हालसम्म एक लाख अठहत्तर हजार किसान सहभागी भएका छन् ।

गत एप्रिलको अन्तिम सातादेखि आगामी अगस्टभर सञ्चालन हुने अभियानको मुख्य लक्ष्य सबै किसानका घरमा पुगेर उनीहरूका खेतीकिसानीसम्बन्धी समस्या हल गर्नु हो ।

समग्र कृषि विकास कार्यक्रमअन्तर्गत सञ्चालित अभियानमा सहभागी किसानले आफ्नो आवश्यकतासम्बन्धमा विवरण दिएपछि कृषि विभागका सम्बद्ध अधिकारीले समस्यामा परेका किसानलाई सल्लाह र सुझाव दिनेछन् ।

बीउबिजन, फलफूलखेती, सागसब्जी उत्पादन, मलखाद व्यवस्थापनदेखि पानी पटाउने विषयसम्म अनि पशुपालन होस् वा माछा पालन कृषिकर्मसँग सम्बन्धित सबै क्षेत्रका व्यावहारिक ज्ञान दिन सरकरीस्तरमा छ सय ५१ जनालाई सघन प्रशिक्षण दिएर किसान सम्पर्क अभियान थालिएको हो ।

किसानले गर्ने सबै कामको विवरण अभिलेखीकरण गरेपछि प्रशिक्षकहरूले किसानका आवश्यकताअनुसार समूह–समूहमा ज्ञान र सीप सिकाउने गरेका छन् ।

कृषि विभागका अधिकारीहरूका अनुसार जम्मुकाश्मिरका सबै एक हजार छ सय २६ वटा पञ्चायतका किसान अभियानमा सहभागी भएका छन् । हरेक साताका पहिला तीनदिन केही घण्टा कृषि प्राविधिक एवम् प्रशिक्षकले किसानका समस्या र जिज्ञासा साम्य पार्ने गरेका छन् ।

जिल्लाअनुसार विभागले समयसारिणी निकालेर प्रशिक्षण जारी राखको छ । सूचनाप्रविधिको अधिकतम प्रयोग गर्दै प्रशिक्षकहरूले छोटा चलचित्र र भिडियोका माध्यमबाट किसानलाई सिकाउने गरेका छन् ।

काश्मिरी, डोग्री, अङ्ग्रेजी, हिन्दी र उर्दुमा छापिएका पुस्तिकामार्फत पनि किसानलाई उनीहरूका खेतीका समस्या समाधानमा सघाउने प्रयास भएको अभियानका प्रवक्ताले बताएका छन् । एक सय २१ वटा सीप विकास तालिममार्फत किसानले उत्साहपूर्वक अभियानमा भाग लिएका उनले बताए ।

आफ्नो स्थानको जलवायु, भूवनोट एवम् भूमिको उर्वरतालगायत विषयलाई ध्यानमा राखेर उत्पादकत्व बढाउन प्रेरित गर्ने अभियानको परिणामको समीक्षा गरिने ती प्रवक्ताले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.