Advertisement

महानगरकाे शुक्रवार अर्थात् विद्यालयहरूमा ‘बुक फ्री फ्राइडे’

0 38

Advertisement

१९ जेठ, काठमाडौं । आज शुक्रवार अर्थात् विद्यालयहरूमा ‘बुक फ्री फ्राइडे’। यो अभियानको महानगरपालिका भित्र भएका सार्वजनिक विद्यालयहरूमा नियमित अनुगमनमा हुने दिन। आज तरुन मावि र शीतला माविमा उपप्रमुख ज्यु, कार्यकारी ज्यु, शिक्षा विभाग प्रमुख, शिक्षा सल्लाहकार लगायतको टोलीले विद्यालयहरूको अनुगमन गर्नु भएको छ।

तरुन माविमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत नेपाल भाषामा सङ्गीत, चित्रकला, हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रम भएका छन्। यस्तै ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत मोबाइल र विद्युतीय सामाग्री रिपेयरिङ, कृषि तथा सहरी खेती र पाक कलाको सिकाइ हुँदै आएको छ।

शीतला स्कुलमा स्काउट, नेपाल भाषामा सङ्गीत लगायतको सिकाइ भएको छ भने ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत सौन्दर्य कला र कपाल शैली (हेयर स्टाइल) सम्बन्धी तालिम लिँदै आएका छन् । सौन्दर्य कला सम्बन्धी कार्यक्रममा छात्रछात्रा दुवै सहभागी भएकाले उनीहरूको यस सम्बन्धी अझै बृहत्तर बुझाइ हुने छ भन्ने हाम्रो चाहना रहेको छ।

यस्तै शीतला स्कुलमा नै उपमेयर ज्युले कोड क्लबको पनि उद्घाटन गर्नु भएको छ। यो कोड क्लब नेपालकै पहिलो बिद्यालय कोड क्लब हो।

क्लबका विद्यार्थीहरूले खेल मैदानमा फुटबल, बास्केटबल खेले जसरी रमाउँदै कप्युटरबाट नयाँ कार्यक्रम बनाउन सक्छन् । यसको आधार स्क्याच कोडिङ् हो। यसरी निर्माण गरिएका कार्यक्रमहरू १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ । यही प्लेटफर्मबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा समेत गर्न सकिन्छ।

कोड क्लब अहिले १४ वटा विद्यालयमा सुरु भइसकेको छ यो क्लब महानगरको सबै सार्वजनिक विद्यालयमा स्थापन गर्ने तयारी रहेको छ। उक्त क्लब मार्फत विद्यार्थीहरूले कोडिङ, एनिमेसन, सिम्पल प्रोग्रमिङहरुको क्रियाकलापहरू गर्दै आएका छन्।

डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न र विद्यार्थी र शिक्षकहरूलाई नवीनतम प्राविधिक उपकरणहरूको साथ सशक्त बनाउने सोच बमोजिम, महानगरपालिकाले Digital and Beyond सँग सहकार्य गरी प्रत्येक सामुदायिक विद्यालयमा Raspberry-Pi Foundation Code Club गठन गर्ने कार्य सुरु गरेको छ। जस अन्तर्गत, कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर CODING सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रमले विद्यार्थीको सिप , विद्यार्थीहरूको शैक्षिक तथा शोच विकास र आलोचनात्मक बिचारको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ।

साथै सोही सहकार्य अन्तर्गत प्रत्येक सामुदायिक विद्यालयहरूको आफ्नै वेबसाइट निर्माण सम्पन्न भई कन्टेन्ट म्यानेजमेन्टको कार्य भइरहेको छ। जसले गर्दा सामुदायिक विद्यालयहरूको आफ्नो पहिचान अब विश्व सामु पुग्न मद्दत पुग्ने छ।

साथै शिक्षकहरूको DIGITAL LITERACY सिपमा स्तर उन्नति गर्ने उद्देश्य सहित, सबै सामुदायिक विद्यालयलाई Google Workspace for Education प्रयोगमा ल्याउने काम सुरु गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.