Advertisement

प्रभु इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

0 20

Advertisement

१९ जेठ, काठमाडाैं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर वितरण गरिएको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८।७९ को बोनस बापत वितरण गरेको ६.७० प्रतिशत बोनस सेयर हितग्राहीको खातामा जम्मा गरेको हो ।

कम्पनीको विसं २०७९ फागनु २३ गते सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाबाट पारित भएको ८ लाख ६४ हजार १०६ दशमलव ७६ कित्ता सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साथै सो सभाले बोनसको कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।

कम्पनीले उक्त बोनस सेयर जेठ १४ गते आइतबार नेप्सेमा सूचीकृत गरिसकेकाले अब सम्बन्धीत सेयरधनीले धितोपत्रको दोस्रो बजार मार्फत उक्त बोनस खरिद बिक्री गर्न सक्नेछन् । साधारण सभाका लागि फागुन १२ गते गरिएको बुकक्लोज अनुसार कम्पनीको बोनस सेयर फागुन ११ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र पाउनेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.