Advertisement

ऐनहरुमा रहेको प्रदेश २ को सट्टामा मधेश प्रदेश प्रयोग हुने

0 22

Advertisement

१९ जेठ, जनकपुरधाम । मधेश सरकारले ऐनहरुमा उल्लेख प्रदेश नं. २ शब्द संशोधन गर्न प्रक्रिया थालेको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकबाट केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले विचार गरियो भन्दै उक्त विधेयक छलफलका लागि प्रदेशसभामा पेश गरेका थिए ।

छलफल पश्चात सो विधेयक प्रदेशसभा बैठकबाट स्वीकृत भएको सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका हुन् ।

साविकको प्रदेश नं. २ को नाम मधेश र स्थायी राजधानी जनकपुरधाम ३ माघ २०७८ मा प्रदेशसभा सदसयको दुई तिहाइ बहुमतले पारित भएको थियो । त्यसअघि प्रदेशसभाबाट बनेका ऐनहरुमा प्रदेश नं. २ उल्लेख छ ।

प्रदेश नं. २ शब्द संशोधन गर्न मधेश सरकारले केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सदनमा पेश गरेको थियो । अब प्रदेश नं. २ शब्द ऐनहरुमा संशोधन गरी मधेश प्रदेश उल्लेख गर्न बाटो खुलेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.