नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक सेयर बिक्री गर्दै
१९ जेठ, काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयरधनी बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक सेयरभनी विमला देवी अग्रवालको नाममा रहेको ७६ हजार ६७७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बैंकको सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । बैंकको उक्त सेयरमा अन्य व्यक्ति, कम्पनी वा संस्थाले आवेदन दिन नपाउने बैंकले जनाएको छ ।
इच्छुक सेयरधनीले आज जेठ १९ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा सम्पर्क गर्न सक्नेछन् ।