Advertisement

सर्भो लुब्रिकेन्टको उत्पादन अब नेपालमा पनि, प्लान्ट स्थापनाका लागि आईओसीसँग सम्झौता

0 25

Advertisement

१९ जेठ, काठमाडौं । गोल्छा ग्रुपले अब नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन गर्ने भएको छ। सर्भो लुब्रिकेन्टको स्थानीय उत्पादनका लागि गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयल कर्पोरेशन (आईओसी)को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। प्लान्ट स्थापनाका लागि गोल्छा ग्रुपसँगै इन्डियन आयल कर्पोरेशनको संयुक्त लगानी रहने छ।

उक्त ल्युब ब्लेन्डिङ प्लान्ट २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ। यसका लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ। संयुक्त लगानीको पहिलो चरणअन्तर्गत आधिकारिक पुँजी लगानी लगभग ६० करोड बराबर हुनेछ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा आईओसीसँगको सम्झौता पहिलो खुड्किलो भएको बताउँछ भविष्यमा थप उद्योग स्थापना गर्ने बृहत् योजना रहेको बताए।

‘भारतकै सबैभन्दा ठूलो कम्पनी इन्डियन आयलसँगको हाम्रो लामो सहयात्राको शुभारम्भ भएको छ। यो पहिलो खुड्किला हो र भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने बृहत योजना छ,’ गोल्छाले भने, ‘यो सहकार्यले नेपाली उद्योगी र उद्योगको इतिहासमा एउटा महत्त्वपूर्ण कोसेढुंगा थपेको छ। हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौं।’

यो साझेदारी क्षेत्रीय आर्थिक वृद्धिलाई बढावा दिन, आत्मनिर्भरता प्रवर्द्धन गर्न र लुब्रिकेन्ट उद्योगमा प्राविधिक विकासलाई अगाडि बढाउन समर्पित रहेको गोल्छा अर्गनाइजेसनले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.