Advertisement

नेपालको बजारमा नयाँ इलेक्ट्रिक स्कुटर भित्रियो

0 109

Advertisement

१८ जेठ, काठमाडौं । नेपालमा जिहो एईएट इलेक्ट्रिक स्कुटरको आधिकारिक रूपमा लन्च भएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिएफ मोटोको एउटा इभी पीके ब्रान्डले स्कुटर लन्च गरेको हो ।

अत्याधुनिक सवारी साधनहरूको अग्रणी प्रदायकको रूपमा, जिहोले गतिशीलताको नयाँ युग सिर्जना गर्न नवीन प्रविधि, उत्कृष्ट डिजाइन र दिगो समाधानहरू संयोजन गर्ने ब्रान्डको विश्वास छ ।

स्कुटरमा ५ किलोवाटको मिड–माउन्टेड लिक्विड–कूल्ड मोटर रहेको छ र यसमा २.५ किलोवाटको पीक पावर र २१८ एनएमको पीक टर्क छ ।

यो २.६ सेकेन्डमा ०–५० किमी-घण्टाको गतिमा जान सक्छ र १०० किलोमिटर प्रति घण्टा भन्दा बढीको गति छ । स्कुटरमा ६९भी३२एएच क्षमता भएको प्रत्येक ब्याट्रीसँग डुअल ब्याट्री प्रणाली छ ।

ब्याट्री पूर्ण चार्ज हुन करिब ४ घण्टा लाग्छ । स्कूटरको अगाडि डुअल डिस्क (ब्रेम्बो क्यालिपर) १००÷८०–१२ र पछाडि १२०÷७०–१२ ट्युबलेस टायरहरू छन्। स्कुटरको सिट उचाइ र तौल उपलब्ध छैन।

स्कुटरको नेपाली मूल्य ४ लाख ९० हजार राखिएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.