Advertisement

अन्तरिक्षमा गएर बिहे गर्दै अमेजन सीईओ जेफ बेजोस, को हुन् उनकी प्रेमिका ?

0 25

Advertisement

१८ जेठ, एजेन्सी । विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिको रुपमा रहिसकेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस आफ्नो प्रेम सम्बन्धको समाचारका कारण पछिल्लो केही समयदेखि चर्चामा रहँदै आएका छन् ।

५९ वर्षीय बेजाेसले छिटै नै ती प्रेमिकासँग बिहे गर्न लागेको बताइन्छ । वास्तवमा अमेजन मालिकको त्यो बिहे कुनै सामान्य खालको बिहे त पक्कै हुनेछैन । होस् पनि कसरी ? बेजोसले पृथ्वीमा होइन कि अन्तरिक्षमा गएर बिहे गर्न सक्छन् ।

आफ्नै कम्पनीको रकेट चढेर अन्तरिक्षमा पुग्ने व्यक्तिको कीर्तिमान बनाइसकेका बेजोस योसँगै अन्तरिक्षमा बिहे गर्ने पहिलो व्यक्ति पनि हुनेछन् ।

बेजोसकी हुनेवाला पत्नी को हुन् त ? यो जिज्ञासा सबैमा हुनु स्वाभाविकै हो । बेजोसकी हुनेवाला पत्नीको नाम लरेन सान्चेज हो । ५३ वर्षीया लरेन एमी पुरस्कार विजेता पत्रकारका साथै हेलिकप्टर पाइलट पनि हुन् ।

लरेनले आफ्नो इन्स्टाग्राम पेजमा पछिल्लो दिनमा बेजोससँगका तस्वीर तथा भिडियोहरु शेयर गर्ने गरेकी छिन् ।

उनीहरुले समुद्रमा निजी याचमा चढेर विदा मनाइरहेको बेला उनीहरुको इन्गेजमेन्टको घोषणा भएको थियो ।

अमेरिकामा बस्ने लरेन सान्चेज सोसल मिडियामा निकै लोकप्रिय छिन् । इन्स्टाग्राममा उनका ३ लाखभन्दा धेरै फलोअर्स छन् । उनले विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुका लागि रिपोर्टिङ गरिसकेकी छिन् । टेलिभिजन प्रस्तोताको रुपमा पनि उनी निकै चर्चित रहिन् ।

मिरर युकेको रिपोर्ट अनुसार ५३ वर्षीया सान्चेज र ५९ वर्षीय बेजोसको प्रेम सम्बन्धका खबरहरु पछिल्लो समयमा चर्चाको विषय बनिरहेका छन् । उनीहरु दुवै जनाको तस्वीर जब सार्वजनिक भयो त्यसमा सान्चेजको औंलामा हीराको औंठी देखियो । यति मात्र होइन उनीहरु कान्स फिल्म फेस्टिभलका बेला कान्सको तटमा याचमा आफ्नो विदा मनाइरहेको पनि देखिए ।

समाचार अनुसार उमेर छिप्पिएका बेजोस र सान्चेज छिटै बिहे गर्ने योजनामा छन् । तर उनीहरुको बिहेको योजना सामान्य छैन । उनीहरु अन्तरिक्षमा बिहे गर्ने पहिलो जोडी हुनसक्छन् ।

बेजोसको कुरा गर्दा उनले यसअघि नै अन्तरिक्षको भ्रमण गरिसकेका छन् । सन् २०२१ मा उनी आफ्नो कम्पनी ब्लू ओरिजिनको न्यु शेफर्ड रकेटमा बसेर अन्तरिक्ष पुगेका थिए ।

उनी करीब १० मिनेटसम्म अन्तरिक्षमा रहे र १० मिनेटपछि चाहिं उनी बसेको क्याप्सुल पृथ्वीमा सकुशल फर्कियो । त्यो अन्तरिक्ष यात्रामा करीब साढे ५ अर्ब डलर खर्च लागेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.