कोशीमा जसपाले लियो समर्थन फिर्ता, माओवादीले फिर्ता लिए सरकार अल्पमतमा

0 15

१७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशमा दिएको समर्थन फिर्ता लिएको छ। उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाउँदै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

जसपाका नेता रकम चेम्जोङले सरकारलाई समर्थन गनुृपर्ने औचित्य सकिएको निष्कर्षपछि फिर्ता भएको बताए। सरकारले आन्दोलन गरिरहेका व्यक्तिहरुलाई पनि सम्बोधन नगरेको र सरकार सञ्चालनमा पनि असन्तुष्टि देखिएकाले मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता गरेको उनले बताए।

प्रदेशको नामकरणको विषयमा आफूहरुले सुरुदेखि नै असहमति राखेको र सरकारलाई वार्ताका लागि पहल गर्न भनेको तर सरकारले सोचे अनुसार काम नगरेकाले फिर्ता भएको उनले बताए।

पुस २४ मा एमाले नेता हिक्मत कार्की नेतृत्वमा गठित प्रदेश सरकारमा जसपा सहभागी भएको थियो। जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरू गरेको छ।

कोशीमा एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ सिट मिलेर सरकार बनाएका थिए। नेपाली कांग्रेस भने प्रतिपक्षमा रहेको छ।

केन्द्रीय गठबन्धन अनुसार माओवादीले पनि सरकार छाड्ने निर्णय लिए सरकार अल्पमतमा पर्नेछ। हाल केन्द्रीय गठबन्धनमा रहेका दलहरू कांग्रेस २९ र एकीकृत समाजवादी ४ जना र त्यसमा जसपा र माओवादी थपिए बहुमत पुग्नेछ। तर माओवादीका १३ मध्ये १ जना सभामुख छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.