Advertisement

रियल मड्रिडका स्टार खेलाडी बेन्जिमाले क्लब छाड्ने संकेत

0 26

Advertisement

१६ जेठ, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जिमा क्लब छाड्ने संकेत देखाएका छन्। फ्रेन्च स्टार फरवार्ड बेन्जिमा क्लब छाड्ने संकेत गरेको दाबी गर्दै गोल डटकमले समाचार प्रकाशन गरेको छ।

बेन्जिमालाई अनुबन्ध गर्ने लक्ष्यसहित साउदीबाट २ वर्षका लागि प्रस्ताव आएको दाबी गरिएको छ। साउदी क्लब अल नासले प्रतिसिजन २ सय मिलियन युरोको प्रस्ताव बेन्जिमालाई गरेको बताइएको छ।

सन् २०२२ मा बेन्जिमाले प्रतिष्ठित बालोन डिओर जित्दा उनको रियलसँगको सम्झौतामा सन् २०२४ सम्मका लागि नवीकरण गरिएको थियो। तर ३५ वर्षीय बेन्जिमाले स्पेनमा आफ्नो निरन्तरतालाई कायम राख्न सक्ने सम्भावना भने अहिले न्यून देखिएको बताइएको छ।

रियलका कप्तानसमेत रहेका बेन्जिमाले यो सिजन कोपा डेल रे, क्लब वर्ल्डकप र यूईएफए सुपर कप जितेका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.