Advertisement

लिग जितेपछि बायर्नले सीईओ ओलिभर र निर्देशक हसनलाई बर्खास्त गर्‍यो

0 22

Advertisement

१४ जेठ, काठमाडौं । जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले लिग उपाधि जितेपछि सीईओ ओलिभर काहान र निर्देशक हसन सालीहामिदजिकलाई बर्खास्त गरेको छ ।

शनिबार लगातार ११औं पटक बुण्डेसलिगा उपाधि जितेपछि काहन र हसनलाई बर्खास्त गरेको क्लबले जनाएको छ ।

बायर्नले सिजनको अन्तिम खेलमा शनिबार एफसी कोल्नलाई २-१ ले पराजित गर्दै लिग उपाधि जितेको थियो ।

जमल मुसियलाले ८९औं मिनेटमा गोल गरेपछि बायर्नले जित निकाल्दै लिग नै जित्यो । बोरुसिया डर्टमण्ड माइज्सँग २-२ को बराबरीमा रोकिएपछि बायर्नलाई फाइदा पुगेको हो ।

काहनले सन् २०२१ मा कार्ल हेइन्ज रुमेनिजको स्थानमा सीईओ पोजिसन सम्हालेका थिए । अब उनको स्थानमा जान क्रिस्टियन ड्रसेन आउने क्लबले विज्ञप्तिमार्फत जनाएको छ ।

क्लबले यो कठिन निर्णय भएपछि क्लबको समग्रमा विकासका लागि यो निष्कर्षमा पुग्नु परेको जनाएको छ ।

बुण्डेसलिगा जित्न कडा मिहिनेत गर्नुपरेको बायर्न जर्मन कप र च्याम्पियन्स लिगमा अने अन्तिम आठबाटै बाहिरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.