बागमती प्रदेशले ३ दिन गणतन्त्र दिवस मनाउने

0 8

१३ जेठ, काठमाडौं । बागमती प्रदेश सरकारले तीन दिन गणतन्त्र दिवस, २०८० विविध कार्यक्रमहरू गरी मनाउने तय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गंगानारायण श्रेष्ठले जेठ १४ गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने तालिका सार्वजनिक गरेका हुन्। सरकारले जेठ १४ गते बृहत रक्तदान कार्यक्रम गर्नेछ।

यस्तै जेठ १५ गते बिहान हेटौंडाको बुद्धचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रांगणसम्म प्रभातफेरि आयोजना गर्ने र कार्यालयको प्रांगणमा गणतन्त्र दिवस विशेष समारोहमा प्रदेश प्रमुखबाट सम्बोधन हुने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले बताए। सोही दिन साँझ प्रदेशस्थित सबै मन्त्रालय, कार्यालय, सार्वजनिक एवं सामुदायिक संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकाय र प्रदेशवासीका घरघरमा दीपावली गर्ने उनले बताए।

जेठ १६ गते वृक्षरोपण गर्ने, मन्त्रालय अन्तर्गतका कार्यालय र सार्वजनिक स्थानको सरसफाइ गर्ने, सार्वजनिक निकायले राष्ट्रिय झन्डा फहराउने एवं ब्यानर प्रदर्शन गर्ने, सञ्चार माध्यममार्फत गणतन्त्र दिवसलाई सभ्य र भव्य रूपमा मनाउन अपिल गर्ने, प्रदेशमा क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्न विभिन्न विधामा स्थापित पत्रकारिता पुरस्कार वितरण गर्ने जस्ता कार्यक्रम तय भएको मन्त्री श्रेष्ठले बताए।

दिवसका अवसरमा राजनीतिक दल तथा नागरिक समाजको प्रतिनिधिबीच अन्तरक्रिया गर्ने र ‘गणतन्त्रको १५ वर्ष अवसर र चुनौती’ विषयमा खुला लेख प्रतियोगिता आयोजना गर्ने उनले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.