Advertisement

घलेम्दी हाइड्रोले २०० प्रतिशत हकप्रद बेच्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

0 36

Advertisement

१२ जेठ, काठमाडाैं । घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासन गर्ने प्रकृया अघि बढेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शुक्रबार एक कार्यक्रममा दुई कम्पनीबीच बिक्री प्रबन्धकको सम्झौता सम्पन्न भएको छ । सो सम्बन्धी समझदारी पत्रमा घलेम्दी हाइड्रोपावरको तर्फबाट अध्यक्ष किशोर सुवेदी र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

सो समारोहमा घलेम्दी हाइड्रोको तर्फबाट कम्पनी सचिव अनिल पौडेल लगायतको सहभागिता रहेको थियो । घलेम्दी हाइड्रो लिमिटेडको नवौं वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ

हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला उर्जा लिमिटेड द्वारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी सेयर कायम हुनेगरी लगानी गर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.